काेराेनाकाे सम्भावित जोखिमबारे छलफलका सर्वदलीय बैठक राख्ने सरकारकाे तयारी

काठमाडौं– काेराेनाकाे सम्भावित जोखिमबारे उच्च सर्तकता अपनाउने विषयमा छलफल गर्न सरकारले सर्वदलीय बैठक आह्वान गर्ने भएको छ ।

मंगलबार बसेको कोरोना जोखिम रोकथाम उच्चस्तरीय समितिको बैठकले सर्वदलीय बैठक डाक्ने निर्णय गरेको हाे । अर्थमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका हुन् ।

सम्भावित जोखिमको अवस्थामा उच्च सतर्कता अपनाउन सबै राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण रहने भन्दै बैठकको तयारी गरिएको डा. खतिवडाले बताए ।

बैठक कहिले बस्छ भन्ने मिति तय नभए पनि छिट्टै आह्वान गर्ने जानकारी गराउँदै खतिवडाले राजनीतिक समझदारीको सन्देश दिन पनि यस्तो बैठक अपरिहार्य रहेको बताए । 





  • प्रकाशित मिति : फागुन २७, २०७६ मंगलबार १७:५४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया