उपप्रधानमन्त्री ईश्वर पोखरेलले बोलाए सर्वदलीय बैठक
फाइल तस्वीर ।

काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सर्वदलीय बैठक बोलाएका छन् । 

पछिल्लो समय विश्वभर समस्याका रुपमा देखिएको कोरोना भाइरस संक्रमणबारे नेपाल सरकारले गरेको पूर्वतयारीबारे छलफल गर्न यो सर्वदलीय बैठक बोलाइएको हो । 

मन्त्री पोखरेलको सचिवालयले जनाएअनुसार बैठकमा संसदमा प्रतिनिधित्व गर्ने पाँच दलका शीर्ष नेता आमन्त्रण गरिएको छ । बैठक कोरोना भाइरस संक्रमणकै विषयमा केन्द्रित हुने बताइएको छ ।

संसदमा प्रतिपक्षी दल नेपाली कांग्रेस तथा अन्य दलका नेताहरुले कोरोना भाइरस संक्रमणबारे सतकर्ता अपनाउन नेपाल सरकार असक्षम रहेको भन्दै आलोचना गरिरहेका छन् ।

मंगलबारमात्र एक कार्यक्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अब नेपालमा कोरोना भाइरस संक्रमण देखिएका बिरामीलाई सरकारले आइसोलेसन वार्डमा राख्न नसक्ने र संक्रमित आफैं क्वारेन्टाइनमा बस्नु पर्ने बताएका थिए ।





  • प्रकाशित मिति : फागुन २८, २०७६ बुधबार १०:८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया