बाँस्कोटा घरमा विस्फोटप्रति प्रचण्डको निन्दा
फाइल तस्वीर ।

काठमाडौं— पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा बुधबार विहान भएको बम विस्फोटप्रति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोर निन्दा र भत्र्सना गरेका छन् । 

बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै प्रचण्डले यो आतंककारी समूहले गराएको विस्फोट भएको र यसको भत्र्सना गर्ने उल्लेख गरेका हुन् ।

उनको विज्ञप्तिमा भनिएको छ– घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिन र कडा कानुनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।

अर्कोतिर बाँस्कोटाको घरमा विस्फोट गराएको आशंकामा प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका एक सदस्यलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य देव गुरुङ रहेका छन् ।

उनलाई केहीबेरअघि जडिबुटीबाट नै पक्राउ गरिएको हो । 





  • प्रकाशित मिति : फागुन २८, २०७६ बुधबार १२:२३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया