च्याम्पियन्स लिगमा आजः पिएसजीले डर्टमण्ड र लिभरपुलले एथ्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्ने

एजेन्सी— च्याम्पियन्स लिगमा अन्तिम १६ को दोस्रो लेगअन्तर्गत आज फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले जर्मन क्लब बेरुसीया डर्टमण्डको सामना गर्दैछ । त्यस्तै, साविक विजेता लिभरपुलले स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दै छ । 

पिएसजीको घरेलु मैदान पार्क डि प्रिन्सेसमा हुने खेलमा पिएसजी दबाबमा रहनेछ । किनकि आजको खेलमा पिएसजीलाई समर्थन गर्न घरेलु दर्शक हुनेछैनन् । र, यसअघि उसले पहिलो लेगमा २–१ को पराजय व्यहोरिसकेको छ ।

पिएसजी दबाबमा रहनुको अर्को कारण हो, महत्वपूर्ण स्ट्राइकर केलियन एम्बाप्पे पनि आजको खेलमा हुने छैनन् । उनी बिरामी भएपछि केही समयदेखि आराम गरिरहेका छन् । पिएसजीको आजको खेलमा नेयमार, एन्जेलो डि मारिया, माउरो इकार्डी, इडिसन काभानीले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । 

अर्कोतिर, डर्टमण्डलाई आजको खेल कम्तिमा पनि बराबरीमा टुङ्ग्याउनु पर्ने बाध्यता छ । अन्यथा डर्टमण्डले अन्तिम आठमा आफ्नो स्थान गुमाउनु पर्ने हुन्छ । यसका लागि डर्टमण्डले अर्लिङ हल्याण्ड र जार्डन सान्चोको राम्रो प्रदर्शन हुने अपेक्षा गरेको छ । यी दुई खेलाडीले पछिल्ला खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका पनि छन् । 

आजै हुने च्याम्पियन्स लिगमा साविक विजेता लिभरपुल र एथ्लेटिको मड्रिडको खेल पनि रोमान्चक हुने अनुमान छ । किनकि लिभरपुल आजको खेलभन्दा पहिले नै दबाबको अवस्थामा छ । पहिलो लेग १–० ले गुमाएको लिभरपुलले लिगमा पुनरागमन गर्न आजको खेल जित्नै पर्ने दबाबमा छ ।  

तर, उसको यो दबाबका लागि एथ्लेटिको ठूलो चुनौति हो । 



लिभरपुलका स्टार खेलाडीहरु मोहम्मद सलाह, साडियो माने, रोवर्टो फिर्मिनो, भार्गिल भान डाइकले आज कस्तो प्रदर्शन गर्नेछन् भन्नेले लिभरपुलको बाँकी यात्रालाई प्रभाव पार्नेछ । 

उता, एथ्लेटिकोका जावो फिलिक्स, डिएगो कोस्टा, एल्भारो मोराटालगायतका खेलाडीले पनि पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेका छन् । र, उनीहरुले आजको खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेका छन् । 



आज हुने च्याम्पियन्स लिगका यी दुवै खेल राति पौने २ बजे हुनेछन् । 

  • प्रकाशित मिति : फागुन २८, २०७६ बुधबार १२:३८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया