कमल थापाले गोजीबाट गीता निकाले, अनि भने– अब पार्टी फुटाउँदिनँ

काठमाडौं– राप्रपा अध्यक्ष कमल थापाले अब आफूले कहिल्यै पार्टी नफुटाउने प्रतीज्ञा गरेका छन् । र, त्यो पनि भागवत गीता आफ्नो हातमा लिएर यो प्रतीज्ञा गरेका हुन् । 

उनले राष्ट्रिय सभागृहमा बुधबार आयोजना भएको पार्टी एकीकरण समारोहलाई सम्बोधन गर्दै खल्तीबाट गीता निकालेर राप्रपालाई फुट्न नदिने र नफुटाउने कसम खाएका हुन् । 

कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमसेर राणा र डा। प्रकाशचन्द्र लोहनीको नेतृत्वमा रहेको राप्रपा संयुक्तबीच बुधबार औपचारिकरुपमा एकता भएको हो ।

‘सबैलाई साक्षी राखेर म प्रतिज्ञा गर्छु,’ थापाले भने, ‘अब म कहिल्यै पार्टी फुटाउने छैन ।’

उनले अब राप्रपा एक भएपछि वैकल्पिक शक्ति हुनेसमेत बताएका छन् । ‘हाम्रा अजेन्डा बलियो हुँदाहुँदै नेताहरुकै कारण जनताले विश्वास गरेनन्,’ उनले भने, ‘साम्यवादी र समाजवादी धार हावी भएको छ । कम्युनिष्ट र काँग्रेस दुवै नै वामपन्थी र मध्यवामपन्थीहरु हुन् र त्यही धार हावी भइरहेको छ । अब हामी यी सबको विकल्पमा आएका छौँ ।’

उनले कार्यकर्तालाई अब पार्टी फुट्छ भन्ने चिन्ता गर्न नपर्नेसमेत बताए । ‘फुट्छ भन्ने चिन्ताबाट मुक्त हुनुहोस्,’ उनले भने, ‘अब फुट्दैन, फुट्न दिन्नौँ । फुटमा नेतालाई मात्र गाली गरेर पनि हुन्न । अब कार्यकर्ता पनि नेताको होइन, नीतिको पछाडि लाग्नुपर्छ ।’





  • प्रकाशित मिति : फागुन २८, २०७६ बुधबार १५:२६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया