प्रधानमन्त्रीलाई छिट्टै डिस्चार्ज गरिने, बालुवाटारमा सीमित व्यक्तिसँग मात्रै भेटघाट गर्ने

काठमाडौं– अघिल्लो बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले त्रिवि शिक्षणअस्पतालमा छन् । अस्पतालबाट डिस्चार्ज भएपछि पनि ओलीले पहिलेझैँ सबैसँग भेटघाट नगर्ने भएका छन् । 

अस्पतालले उनलाई ६ महिनाका लागि पूण रूपमा आराम गर्न सुझाब दिएको छ । त्यसैकारण उनले अस्पतालबाट निस्केपछि पनि बालुवाटारमा सीमित व्यक्तिसँग मात्रै भेटघाट गर्ने भएका हुन् । 

अस्पतालमा उनलाइ चिकित्सकबाहेक अरुसँग भेटघाट गर्न दिइएको छैन । उनलाई मिर्गौला दिने समीक्षा संग्रौलासँग पनि उनले आज बुधबार भेट गर्न पाउने भएका छन् । 

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीलाई छिट्टै डिस्चार्ज गर्ने तयारी गरिएको छ । चिकित्सकहरुले कम्तीमा एक महिना बाह्य व्यक्तिसँग नजिकबाट भेटघाट नगर्न र आराम गर्न सल्लाह दिएका छन् ।





  • प्रकाशित मिति : फागुन २८, २०७६ बुधबार १६:१४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया