पूर्वडिआइजी खरेलकाे नयाँ अभियान

काठमाडौँ — पूर्वडीआईजी रमेश खरेलले बिहीबार नयाँ अभियानको थालनी गर्ने भएका छन् । बुधबार खरेलले सामाजिक सञ्‍जालमा यसबारे खुलासा गरेका हुन् ।

बिहीबार खरेलले 'हाम्रो नेपाल, सुशासन अभियान' सुरु गर्न लागेका हुन्। यसको घोषणा बिहीबार दिउँसो त्रिपुरेश्वरमा औपचारिक घोषणा गर्ने उनले उल्लेख गरेका छन् ।

यसअघि 'हाम्रो नेपाल, हामी नेपाली' अभियानमा लाग्‍ने बताउँदै सोको घोषणा हुनुअघि नै खरेलसहित पूर्वकायममुकायम रक्षा सचिव देवेन्द्र सिटौला र राजकुमार यादवसहितको समूह अलग्गिएको थियो ।

भ्रष्टाचारविरोधी, सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारलाई केन्द्र राखेर घोषणा गरिने भनिएको अभियानमा ज्ञानेन्द्र शाहीलाई राखिएपछि तीनै जना अलग्गिएका थिए ।





  • प्रकाशित मिति : फागुन २८, २०७६ बुधबार १८:१३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया