अभिनेता टम ह्याङ्क्स र पत्नीलाई पनि भयो कोरोना

एजेन्सी– हलिउडका चर्चित अभिनेता टम ह्याङ्क्स र उनकी पत्नी रिटालाई कोरोना भाइरस संक्रमण भएको छ । यो जानकारी स्वयं ह्याङ्क्सले दिएका हुन् । उनले ट्विट गर्दै यो जानकारी दिएका हुन् । 

आजभोलि अष्ट्रेलियाको यात्रामा रहेका ह्याङ्क्सले एक ट्विट गर्दै लेखेका छन्, ‘म र रिटा अष्ट्रेलियामा छौँ । हामी थाकेको महसुस गर्दै थियौँ । चिसो थियो र शरीर दुखेको थियो । रिटालाई हल्का ज्वरो पनि थियो । हामीले कोरोना भाइरसको टेस्ट गरायौँ र हामी नतिजा पोजिटिभ आयो ।’

उनले भनेका छन्, ‘अब अगाडि के ? चिकित्सा अधिकारीहरुले केही प्रोटोकल तय गरेका छन् जसको पालना गर्नु पर्ने छ । हाम्रो फेरि परीक्षण हुनेछ । त्यति बेलासम्म हामीलाई निगरानीमा राखिने छ । हामी यसबारे जानकारी दिइरहने छौँ ।’





  • प्रकाशित मिति : फागुन २९, २०७६ बिहीबार ११:२०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया