Mon, 06 Apr, 2020


कोरोना भाइरसः फ्लोरिडाका विश्वविद्यालयले अब अनलाइन पढाउने
फरकधार / फागुन २९, २०७६

एजेन्सी– विश्वभर कोरोना भाइरसको कहर बढ्दो छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस पछिल्लो समय युरोप र अमेरिकी देशमा तीव्र गतिमा फैलिँदो छ ।



यहीबीच विभिन्न देशमा विभिन्न उपायहरु अपनाउन थालिएको छ । अमेरिकामा रहेको फ्लोरिडा विश्वविद्यालयमा अब कोरोना भाइरसबाट बच्नका लागि अनलाइन पढाउन निर्देशन दिइएको छ । 

यसको अर्थ अब त्यहाँका विश्वविद्यालयका कक्षाकोठामा विद्यार्थीहरु पुग्ने छैनन् । विद्यार्थीहरुलाई पनि अनलाइन कक्षा लिन त्यहाँको सरकारले निर्देशन दिएको छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्