काठमाडौं– बिहिबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै सांसद इन्दुकुमारी शर्माले आफूले बाटोमा एउटा पर्स भेटेको र त्यसमा दुई नागरिकता भएको बताइन् । उनले संसदमा आफ्नो टेबलबाट दुई नागरिकता देखाउँदै भनिन्– यी दुवै नागरिकता एउटै व्यक्तिका हुन्, एउटा नागरिकता भारतको हो भने अर्को नेपालको ।
उनले यसरी नागकिरता बनाउन दिएका अधिकारीहरुलाई कारवाही गर्नु पर्ने माग पनि राखेकी छिन् ।
‘यो सदनमा आउँदा बाटोमा एउटा पर्स फेला पारेँ,’ उनले भने, ‘पर्स खोलेर हेर्दा दुई नागरिकता भेटियो । यस्तो नेपालबाहेकका अरु धेरै छन् । विदेशीले नागरिकता पाउने, नेपालीले नपाउने ?’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।