पत्नी राधिका शाक्यले भेटिन् प्रधानमन्त्री ओलीलाई
फाइल तस्वीर ।

काठमाडौं– दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकी पत्नी तथा नेपालकी प्रथम महिला राधिका शाक्यले भेटेकी छिन् । 

गत बुधबार मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई अस्पतालमा आज शाक्यले भेट गरेकी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जनाएका छन् । 

यसअघि उनलाई मिर्गौला दिएकी उनकी भान्जी पर्ने समीक्षा संग्रौलाले बुधबार प्रधानमन्त्री ओलीलाई पहिलो भिजिटरका रुपमा भेटेकी थिइन् । लगत्तै उनी डिस्चार्ज भएर घर फर्किएकी पनि छिन् । 

यता, प्रधानमन्त्री ओलीको डिस्चार्ज कहिले हुने भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन । 





  • प्रकाशित मिति : फागुन २९, २०७६ बिहीबार १७:२८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया