कीर्तिमानी गीतकार उपाध्यायको १२ भाषाको ‘मायाको सागर’ बजारमा

काठमाडौं– कीर्तिमानी गीतकार डा. डिआर उपाध्याय नयाँ गीतिएल्बम ‘मायाको सागर’ लिएर आएक छन् । बुधबार वरिष्ठ संगीतकार शिलाबाहादुर मोक्तानको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमबीच एल्बम सार्वजनिक गरिएको हो । 

१२ भाषाका समेटिएको एल्बममा नेपाली, हिन्दी, चाइनिज, जापानिज, अंग्रेजी, रसियन, कोरियन, फ्रेञ्च, स्पेनिस, इटलियन, जर्मन र थाई गरी १२ भाषाका गीत समावेश रहेको गीतकार उपाध्यायले बताए । 

सो एल्बमका नेपाली भाषाको गीतमा मा सागर अधिकारी ‘शरद’, हिन्दीमा डा. डिआर उपाध्याय र अन्य भाषमा प्रकाश तिमिल्सिनाले स्वर दिएका छन् । सबै गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन् भने एरेन्ज देवेन्द्र नेवाःको छ ।

उपाध्यायले गीत लेखेरै १४ वटा अन्तर्राष्ट्रिय रेकर्ड राखिसकेका छन् । उनले मिराकल वर्ल्ड रेकर्ड, इण्डिया स्टार वर्ल्ड रेकर्ड, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड, जिनस वर्ल्ड रेकर्ड, एभरेष्ट वर्ल्ड रकेर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन् । गीतकार उपाध्याय ‘हिरो २०१९’बाट सम्मानित भएक छन् भने वर्ष गीत पुरस्कारबाट समेत पुरस्कृत भइसकेका छन् ।





  • प्रकाशित मिति : फागुन २९, २०७६ बिहीबार १८:४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया