श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द

काठमाडौं– नेपाल सरकारले विदेशमा रोजगारीका लागि जाने कामदारलाई दिइने श्रम स्वीकृति दिन छाडेको छ । विश्वभर मच्चिएको कोरोना भाइरस संक्रमणका कारण सरकारले यस्तो निर्णय गरेको हो । 

श्रम स्वीकृतिका साथसाथै विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिलअगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय भएको छ ।

पछिल्लो समय युरोप र अमेरिकामा निकै द्रुत गतिमा बढेको कोरोना भाइरस संक्रमणलाई अब विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको छ । योसँगै बिहिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यी निर्णयहरु गरेको । सरकारले यसअघि नै पर्यटक भिसा नदिने निर्णय गरिसकेको छ । 

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि दक्षिण कोरिया, जापान, तथा अन्य खाडी मुलुकहरुमा अहिले कामदार नपठाउने निर्णय सरकारले गरेको हो । अर्कोतिर, कोरिया, साउदी अरब तथा कतारले विदेशी नागरिकलाई प्रवेशमा रोक लगाइसकेका छन् । 

विदेशमा रहेका नेपालीहरुलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।

तेस्रो मुलुकका नागरिकहरुलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा दिइँदै आएको सुविधा १४ मार्च २०२० देखि ३० अप्रिल २०२० सम्मका लागि स्थगित गरिएको छ ।



विदेशीहरुलाई दिइँदै आएको अनअराइभल भिसा १४ मार्च २०२० देखि ३० अप्रिल २०२० सम्मका लागि स्थगित गरिएको छ । यसअघि भिसा लिइसकेका विदेशी नागरिकहरुले नेपालको अध्यागमन विन्दुमा आईपुग्ने मितिभन्दा सात दिनभित्रको स्वास्थ्य जाँच रिपोर्ट अध्यागमन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।



  • प्रकाशित मिति : फागुन ३०, २०७६ शुक्रबार ७:४५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया