बिकिनी अवतारमा श्रद्धा, सामाजिक सन्जालमा चर्को चर्चा

एजेन्सी– श्रद्धा कपुरको फिल्म बागी ३ अघिल्लो साता रिलिज भयो । फिल्म हेर्नका लागि दर्शक तथा फिल्म क्रिटिक्सहरुले यसलाई राम्रो रेस्पोन्स पनि दिए । 

फिल्मले बक्स अफिसमा केबल ६ दिनमा ८० करोडभन्दा धेरैको कमाइ गर्यो । 

फिल्ममा श्रद्धा कपुर लिड रोलमा थिइन् । टाइगर श्राफजस्तै श्रद्धाले पनि फिल्ममा एक्सन गरेकी थिइन् । अहमद खानले निर्देशन गरेको यो फिल्ममा रितेश देशमुखले पनि काम गरेका छन् । 

यो फिल्मको कुरा छोडेर अब पछिल्लो समय श्रद्धा कपुर एउटा तस्वीरका कारण चर्चामा छिन् । र, यो तस्वीर उनले इन्स्टाग्राममा राखेको तस्वीर हो । अनि यसमा उनी बिकिनी लगाएर देखिएकी छिन् । त्यसैले पनि हुनुपर्छ, उनको यो तस्वीरको चर्चा निकै चुलिएको छ ।





  • प्रकाशित मिति : फागुन ३०, २०७६ शुक्रबार ८:१०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया