यात्रा गर्न छाडे बलिउड कलाकार

एजेन्सी– विश्वभर कोरोना भाइरसको संक्रमणका कारण विभिन्न देशले यात्रामा प्रतिबन्ध लगाएका छन् । यही कारणले बलिउडका अभिनेता तथा अभिनेत्री पनि आफ्ना यात्राहरु रद्द गरिरहेका छन् ।

चीन, इटाली, अमेरिका तथा अन्य युरोपेली मुलुकमा कोरोना निकै तीव्र गतिमा फैलिएको छ । यसबीच भारतीय मिडियामा बिपाशा बसु तथा सोनाली बेन्द्रेले अमेरिकी यात्रा रद्द गरेको समाचार छापिएको छ ।

बिपाशाले साउथ एशियन वुमन एम्पवारमेन्ट अवार्डमा भाग लिन जाने कार्यक्रम रद्द गरेको आफ्नो इन्स्टाग्राममा पनि लेखेकी छिन् । त्यसो त अर्कोतिर विश्वभर यस्ता विभिन्न कार्यक्रम पनि रद्द हुँदै गएका छन् ।





  • प्रकाशित मिति : फागुन ३०, २०७६ शुक्रबार ८:५४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया