गुल्मीकाे छत्रदेव गाउँपालिकाले सुरु गर्याे मास्क उत्पादन

गुल्मी– जिल्लाको छत्रदेव गाउँपालिकाले मास्क उत्पादन सुरु भएको छ । बजारमा मास्क पाइन छाडेपछि पालिकाले उच्च सतर्कता अपनाउँदै स्थानीय टेलर्स व्यवसायीमार्फत उत्पादन सुरु गरेको पालिका अध्यक्ष लेखनाथ पोखरेलले बताए । 

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिने सम्भावना देखिएपछि सबै वडाका स्थानीयवासीलाई वितरण गर्न सकिने गरी ३० हजारभन्दा बढी मास्क उत्पादन गर्ने काम भइरहेको उनले बताए ।
  
कोरोनाका त्रासका बीच मास्कको अभाव देखिएपछि पालिकाले आफैँ उत्पादनमा ध्यान दिएको उनले बताए । 'छिमेकी राष्ट्र चीनसहित धेरै देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । नेपालमा पनि यसको जोखिम छ, यसको फाइदा उठाउँदै कतिले कालोबजारी गरिरहेका छन्, हाम्रो पालिकाले आफैँ मास्क उत्पादन गरिरहेको छ ।'
     
पालिकाका सबै कर्मचारीलाई मास्क वितरण गरिसकिएको र सबै वडा कार्यालयमार्फत स्थानीयवासीलाई वितरण गर्न सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए । 

कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै पालिकाले आफैँ मास्क उत्पादनमा जोड दिएको उनले बताए । बजार भाउभन्दा सस्तो मास्क आफूहरुले उत्पादन गरेर वितरण गरिएको उनको भनाइ छ  ।





  • प्रकाशित मिति : फागुन ३०, २०७६ शुक्रबार १५:१७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया