कोरोना भाइरसको संक्रमणविरुद्ध एक भएर लड्न सार्क राष्ट्रहरुलाई मोदीको प्रस्ताव

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको संक्रमणविरुद्ध एक भएर लड्न सार्क राष्ट्रहरुलाई प्रस्ताव गरेका छन् ।  

शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को नेतृत्वमा कोरोना भाइरसविरुद्ध लड्न बलियो रणनीति बनाएर अघि बढ्न आह्वान गरेका हुन् ।

मोदीले सार्क राष्ट्रहरुले कोरोना भाइरसविरुद्ध सँगै लडेर विश्वलाई नै उदाहरण देखाउन सक्ने पनि बताएका छन् । उनले यसका लागि कोरोना भाइरसबाट जोगाउने विषयमा भिडियो कन्फरेन्समार्फत छलफल गर्न सकिने पनि बताएका छन् । 

हाल नेपाल सार्कको अध्यक्ष राष्ट्र हो । नेपालसँगै सार्कमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तान रहेका छन् । 





  • प्रकाशित मिति : फागुन ३०, २०७६ शुक्रबार १५:३८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया