परोपकारी काममा केन्द्रित हुन बिल गेट्सले माइक्रोसफ्ट समितिबाट राजीनामा दिने

एजेन्सी– संसारकै ठूला कम्पनीहरुमध्ये एक माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले माइक्रोसफ्ट बोर्डबाट राजीनामा दिने भएका छन् । उनले परोपकारी काममा आफ्नो संलग्नता बढाउन यो निर्णय गरेको जनाएका छन् । 

उनले अब विश्वको स्वास्थ्य तथा विकासमा, शिक्षा र जलवायु परिवर्तनसँग सम्बन्धित काममा आफूलाई केन्द्रित बनाउने बताएका छन् ।

विश्वका सबैभन्दा धनी व्यक्तिहरुमध्ये एक ६५ वर्षका गेट्सले वारेन बफेटको कम्पनी बर्कशायर हाथवेको बोर्डबाट पनि राजीनामा दिइसकेका छन् । 

फोब्र्स पत्रिकाले विश्वका धनी व्यक्तिको सूचीमा दोस्रो नम्बरमा राखेका गेट्स वर्षौसम्म विश्वका सबैभन्दा धनी व्यक्ति पनि भएका थिए । उनले सन् २००८ मा नै माइक्रोसफ्टको दैनिक कार्यहरुबाट चाहिँ राजीनामा दिइसकेका थिए ।

पछिल्लो समय आफूले लिएको निर्णयबारे गेट्सले अब आफूले कम्पनीका दैनिक कार्य तथा योजनामा त्यसको नेतृत्वसँग छलफल त गर्ने र आफ्नो जीवनका लागि कम्पनी ठूलो हिस्सा भएको बताएका छन् । उनले अब आफू विश्वका ठूला चुनौतिहरुसँग आफू काम गर्न मन भएकाले यो निर्णय लिएको पनि बताएका छन् ।

फोब्र्स पत्रिकाले अहिले बिल गेट्सको सम्पत्ति १०३.६ बिलियन डलर भएको बताएको छ ।



बिल गेट्सले यो सम्पत्ति जोड्न सफल भएका चाहिँ माइक्रोसफ्टबाट नै हो । उनी कलेज पढ्दापढ्दै छोडेर बाल्यकालमा न्यू मक्सिको पुगेका थिए जहाँ उनले पाउल एलेनसँग मिलेर माइक्रोसफ्ट सुरु गरे । पाउल एलेनको मृत्यु सन् २०१८ मा भएको थियो । 

सन् १९८६ देखि सार्वजनिक गरिएको माइक्रोसफ्टले एक वर्षमा नै अर्बौ कमाएको थियो । त्यति बेला बिल गेट्स ३१ वर्षका मात्र थिए ।



पछिल्लो समय बिल गेट्सले उनी र श्रीमतसँग मिलेर खुलेको परोपकारी संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनलाई नै बढी समय दिइरहेका छन् । 

  • प्रकाशित मिति : चैत १, २०७६ शनिबार १४:४२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया