इटालीमा जब मानिसहरु बरन्डामा निस्किए र गाउन थाले

एजेन्सी– इटालीमा पछिल्लो समय राष्ट्रव्यापी क्वारेन्टाइनको घोषणा गरिएको छ । कोरोना भाइरस तीव्र गतिमा फैलिएपछि त्यहाँको सरकारले यो एक्सन लिएको हो । त्यहाँको सरकारले मानिसहरुलाई घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । त्यहाँका पसलहरु बन्द भएका छन्, स्कुल तथा रेस्टुँराहरु पनि बन्द रहेका छन् । 

मानिसहरु घरबाट बाहिर निस्किन नपापएपछि कोरोना भाइरसविरुद्ध आत्मबल बढाउन त्यहाँका मानिसहरुले घरको बरन्डामा निस्किएर गीत गाउन थालेका छन्, जसले कोरोनाविरुद्ध मनोबल बढाउन सहयोग गरिरहेको छ ।

अहिले त्यहाँ मानिसहरु यताउता एउटै मात्रै कारणले घुम्न पाउँछन्– औषधि लिन वा अरु कुनै आपत्कालीन अवस्था आइपरेमा । 

तर, यसले उनीहरुलाई दुःखको घडीमा रमाइलो गर्नबाट चाहिँ रोकेको छैन । 

बिबिसीले तयार पारेकाे याे भिडियाे:
 





  • प्रकाशित मिति : चैत १, २०७६ शनिबार १६:५०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया