Sat, 30 May, 2020


कोरोना भाइरस ठिक भएका एक व्यक्ति भन्छन्...
फरकधार / चैत १, २०७६

एजेन्सी– स्कटल्यान्डमा कोरोना भाइरस संक्रमणबाट बचेका एक व्यक्तिले आफ्नो अनुभव सेयर गरेका छन् । 



बिबिसीसँग कुरा गर्दै ५० वर्षे यी व्यक्तिले आफ्नो अनुभव सेयर गरेका हुन् । 

उनी २५ फ्रेबुअरीमा इटालीबाट फर्किएका थिए । उनले भनेका छन्, ‘मैले पहिले त कुनै पनि लक्षण महसुस गरेको थिइनँ ।’

तर, त्यसको दुई दिनपछि नै उनले आफूलाई फ्लू भएको अनुभव गरेका रहेछन् । ‘हल्का ज्वरो पनि आएको थियो,’ उनले भने, ‘म कापिरहेको पनि थिएँ । तर, योभन्दा सबैभन्दा बढी मैले महसुस गरेको लक्षण भनेको मलाई भएको पीडा थियो । मेरा खुट्टा निकै गलेका थिए । कतिसम्म भने मैले राम्रोसँग सुत्न पनि सकेको थिइनँ ।’

एक मार्चमा उनको परीक्षण भएछ । अनि उनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि उनलाई अस्पतालमा नै भर्ना गरियो । त्यहाँ आफूलाई थप लक्षण नबिग्रियोस् भनेर हेरचाह गरिएको थियो । 

‘अस्पताल जाँदासम्म पनि मलाई ठिक लागिरहेको थियो,’ उनले भनेका छन्, ‘फ्लुका लक्षण छिटो ठिक हुन्छन् भन्ने सोचेको थिएँ । नभन्दै त्यस्तो भयो । मलाई विस्तारै ठिक हुँदै गयो ।’

उनले भनेका छन्– मानिसहरु यसबाट आत्तिनु हुँदैन, यो ठिक हुने भाइरस हो ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्