Tue, 26 May, 2020


होल्यान्डका वैज्ञानिककाे दाबी– काेराेनाकाे औषधि हामीले फेला पार्‍याैँ
फरकधार / चैत १, २०७६

एजेन्सी– होल्यान्डमा वैज्ञानिकहरुको एक समूहले आफूहरुले कोरोना भाइरसलाई रोकथाम गर्ने र त्यसको पहिचान गरेर ठिक बनाउन सक्ने प्रतिरोधक पत्ता लगाएको दाबी गरेका छन् । 



बिबिसीकी हेगबाट संवाददाता एना होलिगनले अहिलेसम्म यो प्रतिरोधकलाई मानिसमा परीक्षण नगरिएको र र यस्तो गर्न लामो समय लाग्न सक्ने बताएकी छिन् । 

इरेस्मस मेडिकल सेन्टर तथा उत्रेच्ट विश्वविद्यालयका शोधकर्ताले यो खोज यसअघि गरिएको सार्सको प्रतिरोधात्मक खोजजस्तै भएको बताएका छन् । सार्स २ कोरोना परिवारका त्यही भाइरस हो जुन कोभिड १९ को महामारीका लागि जिम्मेवार छ ।

त्यसो त यी वैज्ञानिकले पहिले नै सार्स १ को लागि प्रतिरोधात्मक बनाउने परियोजनामा काम गरिरहेका थिए । त्यही समयमा कोरोना भाइरसको महामारी फैलिएको हो ।

वैज्ञानिकहरुले प्रतिरोधात्मकको सहयोगमा यो संक्रमण रोक्न र फैलन नदिन सकिने दाबी गरेका छन् । तर, यो रिसर्चको नतिजाको समीक्षा अहिले गर्न थालिएको छ । अनि यसको गहन परीक्षण पनि बाँकी छ । 

शोधकर्तालेहरुले कोभिड १९ कै लागि औषधि बनाउन वर्षौँ लाग्न सक्ने र त्यति बेलासम्म यो भाइरस नै हराउन पनि सक्ने बताएका छन् । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्