एजेन्सी– जापानी प्रधानमन्त्री सिन्जो अबेले टोकियो ओलम्पिकका कुनै पनि खेल नरोकिने र ओलम्पिकका खेल समयमा नै हुने बताएका छन् । कोरोना भाइरसको संक्रमणका कारण सबै खेल कार्यक्रमहरु रोकिँदा अबेको यस्तो अभिव्यक्तिलाई प्राथमिकता दिएर हेरिएको छ ।
तर, यसमा अन्तिम निर्णय चाहिँ अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले लिने पनि अबेले बताएका छन् । ‘हामी कोरोना भाइरस संक्रमणलाई जित्नेछौँ र ओलम्पिक यसअघि भएको योजना अनुसार नै गर्नेछौँ,’ अबेले भनेका छन् ।
त्यसो त जापानमा पनि कोरोना भाइरस संक्रमणले २८ जनाको मृत्यु भइसकेको छ । त्यहाँ १४ सयभन्दा धेरैमा कोरोना भाइरस संक्रमण देखिएको छ ।
ओलम्पिक समयमा नै गर्ने अबेको यो अभिव्यक्ति आए पनि विश्वभर ओलम्पिक छनोट खेलहरु चाहिँ रद्द गरिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।