अमेरिकाले बेलायतमाथि पनि लगायो यात्रा प्रतिबन्ध

एजेन्सी– यसअघि युरोपका देशमाथि मात्र प्रतिबन्ध लगाएको अमेरिकाले अब बेलायतमाथि पनि यात्रा प्रतिबन्ध लगाएको छ । बेलायत र रिपब्लिक अफ आयरमाथि पनि यात्रा प्रतिबन्ध लगाइएको र यो मंगलबारबाट सुरु हुने अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बताएका हुन् । 

यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपका २६ देशमाथि यात्रा प्रतिबन्ध लगाएका थिए । यी देशहरुबाट मानिसहरु अमेरिका जान नपाउने भए पछि यसको कडा विरोध पनि गरिएको थियो ।

यतिमात्र होइन, अब अमेरिकामा सबैले कोरोना भाइरसको परीक्षण निःशुल्क पाउने भएका छन् । 

अमेरिकी राष्ट्रपति आफूले पनि कोरोना भाइरसविरुद्ध परीक्षण गराएको र ४८ घन्टाभित्र आफ्नो रिजल्ट आउने बताएका छन् । 

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण ५१ जनाको निधन भइसकेको छ भने २४८८ भन्दा धेरै यसबाट संक्रमित भएका छन् । 

विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको कोरोना भाइरस अहिलेसम्म १२३ देशमा देखिएको छ । स्वास्थ्य संगठनले अब यो भाइरसको इपिसेन्टर युरोप भएको जनाएको छ ।





  • प्रकाशित मिति : चैत १, २०७६ शनिबार २३:१८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया