प्रधानमन्त्री केपी शर्मा ओली फलोअपका लागि शिक्षण अस्पतालमा
फाइल तस्वीर ।

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षण तथा फलोअपका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेका छन् । आजको फलोअपमा दोस्रो पटक मिर्गौला प्रत्यारोपणका क्रममा पेटमा राखिएको स्टेन्ट निकाल्ने तयारी रहेको उनको सचिवालयले जनाएको छ ।

यो प्रक्रिया पूरा गरेपछि उनी बालुवाटारमा फर्किनेछन् । 

आजै प्रधानमन्त्री केपी शर्मा ओली सार्क राष्ट्रस्तरीय हुने भिडियो कन्फरेन्समा पनि सहभागी हुँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा यो भिडियो कन्फरेन्स हुन लागेको हो । पछिल्लो समय विश्वमा महामारीको रुप लिएको कोरोना भाइरससँग जुध्न मोदीले सार्क राष्ट्रहरु एक हुनसक्ने प्रस्ताव केही दिनअघि राखेका थिए ।

२१ फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली गत शुक्रबार मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए । 

उनी डिस्चार्ज भएलगत्तै राजनीतिक सक्रियता बढाएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार आएपछि प्रधानमन्त्री ओलीले शनिबार नै केही राजनीतिक भेटघाट गरेका थिए । यद्यपि चिकित्सकहरुले उनलाई राजनीतिक भेटघाट तथा बैठकहरु केही दिन नगर्न सुझाव दिएका थिए ।

शनिबार ओलीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेललगायतसँग भेटघाट गरेका थिए ।  





  • प्रकाशित मिति : चैत २, २०७६ आइतबार १०:२८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया