कोरोनाविरुद्ध लड्न सार्क राष्ट्र बनाउँदै छन् साझा रणनीति

काठमाडौं– विश्वमा कोरोना भाइरसको सन्त्रास फैलिँदै गर्दा केही समयदेखि सुस्ताएको सार्क पनि अब ब्यूँतिने तयारीमा छ । 

यसको कारण हुन्, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी । नरेन्द्र मोदीले केही दिनअघि माइक्रो ब्लगिङ साइट ट्विटरमा कोरोनाविरुद्ध लड्न सार्क राष्ट्र एक हुनु पर्ने र यसका लागि सबै देशका प्रमुखहरुबीच भिडियो कन्फरेन्समा कुराकानी गर्न सकिने प्रस्ताव राखे । त्यो प्रस्तावलाई सार्क सदस्य सबैले स्वागत गरे । 

त्यही अनुरुप आज साँझ पाँच बजे सार्क राष्ट्रका प्रमुखहरु भिडियो सम्मेलनमा जुट्दै छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्यसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर आराम गरिरहेका प्रधानमन्त्रीले अस्पतालबाट डिस्चार्ज भएपछि पहिलो पटक सार्वजनिक सम्बोधन गर्न लागेका हुन् । 

उता, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना  भाइरसविरुद्ध सार्क राष्ट्रले कडा रणनीति बनाउनु पर्ने माग राखेका छन् ।

यो भिडियो सम्मेलनमा भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच पनि कुराकानी हुने भएको छ । पाकस्तिानी प्रधानमन्त्री इमरान खानले पनि मोदीको यो प्रस्तावलाई समर्थन गरेका छन् । 





  • प्रकाशित मिति : चैत २, २०७६ आइतबार १२:०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया