टिकट रिफन्ड नभएको भन्दै विश्वभर कार्यक्रम रद्द हुँदा मेक्सिकोमा भेला भए ७० हजार

एजेन्सी– अहिले दुनियाँमा कोरोना भाइरसका कारण सबैजसो कार्यक्रम रद्द भएका छन् । विभिन्न देशका सरकारले आफ्नो देशहरुमा मानिसहरुलाई भेटघाट नहुन अनुरोध गरेका छन् । 

तर, मेक्सिकोमा भने एउटा म्युजिकल फेस्टिभलका लागि हजारौँ मानिस एक ठाउँमा भेला भएका छन् । त्यसो त मेक्सिकोमा पनि कोरोना भाइरस संक्रमण देखिइसकेको छ । त्यहाँ ४१ जनाभन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्यमन्त्रालयले जनाएको थियो ।

दुई दिन चल्ने यो सांगितिक कार्यक्रम शनिबार सुरु भएको थियो । अंग्रेजी वेबसाइट हलिउड रिपोर्टरका अनुसार आयोजकले यो फेस्टिभलका लागि ७० हजारभन्दा बढी टिकट बेचेको छ । हुन त आयोजकले कार्यक्रममा सहभागी हुनेहरुको स्वास्थ्य जाँच गरेको छ र केहीले यहाँ मास्क लगाएका छन् । तर, विश्वमा कोरोनाको संक्रमण फैलिएको यो अवस्थामा त्यति ठूलो कार्यक्रम गरेकाले यसको आलोचना पनि भएको छ ।

उता, मेक्सिकोमा सफाइमा विशेष ध्यान दिने भएकाले यो भाइरसको कुनै जोखिम नरहेको बताउनेहरु पनि कार्यक्रममा पुगेका छन् । कतिले चाहिँ आफूहरुले काटेको टिकटको रिफन्ड नपाइने भएकाले कार्यक्रममा जानु परेको बताएका छन् ।





  • प्रकाशित मिति : चैत २, २०७६ आइतबार १२:२६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया