एजेन्सी– अभिनेत्री आलिया भट्ट आजकै दिन जन्मिएकी थिइन् । उनी अब २७ वर्षकी लागेकी छिन् ।
आफ्नो २७ औं जन्मदिनमा आलियाले साथीहरुसँग मिलेर भव्य रुपमा मनाएकी छिन् । अब अहिले आएको एउटा भिडियोले उनले बर्थडे कसरी मनाइन् भन्ने देखाएको छ र यो भिडियो उनका प्रशंसकले खुबै मन पराएका छन् ।
उनले साथीहरुसँग बर्थडे मनाउँदा शनिबार राति ठ्याक्कै १२ बजे केक काटेकी छिन् । र, त्यो पनि दुई वटा । उनका साथीहरुले यी दुवै केक ल्याएका थिए । अनि केकमा लेखिएको थियो– ह्याप्पी बर्थडे आलू । आलु खासमा आलियालाई घरमा बोलाइने नाम हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।