एन आई सी एशिया बैंकका ग्राहकलाई अकामा होटलमा २० प्रतिशत छुट

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकले काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट पाउने भएका छन् । बैंक र होटलबीच यसका लागि समझदारी भएको छ । एक कार्यक्रमबीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र होटलका महाप्रबन्धक राजु श्रेष्ठबीच यो समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

समझदारी बमोजिम बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा प्रयोग गरे वापत रकम भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने भएका छन् । साथै, बैंकका कर्मचारीलाई पनि यो सुविधा दिने सम्झौता भएको छ । यो सम्झौता एक वर्ष लागु हुने बैंकले जनाएको छ । 

एनआइसी एशिया बैंकका ग्राहकले २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् । 





  • प्रकाशित मिति : चैत २, २०७६ आइतबार १४:२३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया