एसईई परीक्षा समयमा हुनेमा आशंका, छिट्टै टुङ्ग्याउने मन्त्री ढकालकाे आश्वासन

काठमाडाैं— स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले एसईई परीक्षा सञ्चालन कहिलेबाट गर्ने भन्ने विषय केही दिनमा नै टुङ्गो लगाउने बताएका छन्। सरकारले  कक्षा १ देखि ९ सम्मको परीक्षा ५ चैतमा सक्ने निर्णय गरेपनि एसईईबारे कोरोनाको महामारीको अवस्था कुन स्तरसम्म पुग्छ १, २ दिन हेरेर मात्र बताउन सकिने उनले बताए। 
 
‘अहिलेसम्म नेपालमा यो संक्रमण भित्रिएको छैन,’ आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले भने, ‘१ देखि ९ कक्षाको परीक्षा सकिएपछि स्कूलहरू बिदा हुन्छन् । यस्तै एसईई परीक्षा सञ्चालन कहिलेबाट गर्ने १, २ दिनमा नै निर्णय गर्ने छौं।’  

हालसम्म नेपालमा ४ सय जना ६४ जनामा कोरोना परीक्षण गरिएको र कसैमा संक्रमण नदेखिएको उनले बताए।

कोरोना भाइरस नेपालमा प्रवेश गर्न नदिन सरकारले प्रयास गर्दै जनतामा सचेतना जगाउने काम गरिरहेको उनको भनाई छ । 





  • प्रकाशित मिति : चैत २, २०७६ आइतबार १४:२९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया