कोरोना भाइरसमाथि भारतमा फिल्म बन्दै !

विश्व अहिले कोरोना भाइरसका कारण त्रसित बनेको छ । तर, यही मौकालाई फाइदामा उतार्न खोजिरहेको छ, बलिउड । 

कतिपय देशमा संकटकाल घोषणा भएको छ, विश्वस्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणलाई महामारीको संज्ञा दिएको छ । तर, हिन्दी फिल्म उद्योग भने यसबारे फिल्म बनाउने तयारी गरिरहेको छ ।

दिल्ली टाइम्समा आएको एक रिपोर्टअनुसार बाजिराव मस्तानी, तनु वेड्स मनु रिटन्र्स, बदलापुर फिल्म निर्माण गरेको कम्पनीले नै यो फिल्म बनाउन लागेको हो । अर्थात्, अब इरोज इन्टरनेसनले कोरोना प्यार है नामको फिल्म बनाउन लागेको हो । 

यही फिल्म नै विश्वमा कोभिड १९ को नाममा बन्न लागेको पहिलो फिल्म हुने भएको छ ।

यो खबरको पुष्टि निर्मार्ता क्रिशिका लुल्लाले गरेकी छिन् । तर, अहिले काम चलिरहेको र यसको योजना बनाउन केही दिन लाग्ने भएकाले यो फिल्ममा अभिनेता तथा अभिनेत्री फाइनल नभइसकेको उनले बताएकी छिन् ।





  • प्रकाशित मिति : चैत २, २०७६ आइतबार १४:४६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया