आफ्नाे स्वामित्वमा रहेको होटेललाई अस्पतालमा बदल्दै क्रिस्चियानो रोनाल्डो

एजेन्सी– अहिले विश्वभर कोरोनाको त्रास बढिरहेको छ । हालसम्म विश्वमा लाखौँ मानिस यसको संक्रमणमा छन् भने चार हजारभन्दा बढी व्यक्तिले यसबाट ज्यान गुमाइसकेका छन् । चीनको वुहानबाट सुरु भएको यो भाइरस हाल धेरै युरोपेली देशमा पनि तीव्र गतिमा फैलिरहेको छ ।  

यसै क्रममा फुटबलका स्टार खेलाडी क्रिस्चियानो रोनाल्डोले कोरोनाविरुद्ध लड्नका लागि प्रशंनीय कदम उठाएका छन् । उनले आप्mनो होटेल पेस्टोना सिआर ७ लाई अस्पतालमा बदल्ने निर्णय गरेका छन् । 

स्पेनिस खेल पत्रिका मर्काका अनुसार रोनाल्डोको देश पोर्चुगलमा पनि कोरोना भाइरसको प्रभाव बढ्न थालेपछि उनले यो निर्णय लिएका हुन् ।

उक्त अखबारका अनुसार अबको केही दिनमा नै रोनाल्डाको होटेललाई अस्पतालमा रूपान्तरण गरिनेछ । यसका साथसाथै बिरामीको निःशुल्क उपचार हुने तथा त्यसको सम्पूर्ण खर्च पनि रोनाल्डोले नै बेहोर्ने बताइएको छ । अस्पतालमा कार्यरत डाक्टर तथा कर्मचारीलाई पनि रोनाल्डो आफैँले पारिश्रमिक दिनेछन् । 

इटालियन क्लब युभेन्टसबाट व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डोका सहकर्मी ड्यानियल रुगानीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उनलाई पनि कोरोनाको आशंका गरिएको थियो । तर, उनमा कोरोनाको संक्रमण नभएको पुष्टि भइसकेको छ । हाल उनी मेडेइरा टापुमा सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । 





  • प्रकाशित मिति : चैत २, २०७६ आइतबार १७:३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया