सार्क राष्ट्रप्रमुखहरूको भिडियो कन्फ्रेन्स सुरु

काठमाडौं– दक्षिण एसियाली सहयोग संगठन (सार्क)का राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको भिडियो कन्फ्रेन्स सुरु भएको छ । कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न यस्तो भिडियो कन्फ्रेन्स सुरु गरिएको हो ।

केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न सार्क राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखहरूको भिडियो कन्फ्रेन्सका लागि प्रस्ताव गरेका थिए । 

मोदीको प्रस्तावमा सहमति जनाउँदै प्रधानमन्त्री केपी ओलीले त्यसको स्वागत गरेका थिए । ओलीलगायत सार्क राष्ट्रका सबै सहमत भएपछि भिडियो कन्फ्रेन्स सुरु भएको हो । 


प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट भिडियो कन्फ्रेन्समा सहभागी भएका छन् । 





  • प्रकाशित मिति : चैत २, २०७६ आइतबार १८:९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया