बिहेको प्रस्ताव किन नो भनिदिइन् पूर्वमिस नेपाल निकिताले ?

पूर्वमिस नेपाल निकिता चण्डकले फिल्ममा पनि डेब्यु गरिसकेकी छिन् । विराज भट्टको फिल्म साङ्लोमा काम गरेर नेपाली सिने क्षेत्रमा पाइला हालेकी यी सुन्दरीलाई आजभोलि मिडियाले प्रश्न गर्न थालेका छन्– बिहेको प्रस्ताव आएका छैनन् ? 

आफूसँग सोधिएको कुरा सधैं प्रष्ट र निर्धक्क भएर बताउन चाहने निकिताले चाहिँ यो प्रश्नमा पनि सिधा जवाफ दिँदै आएकी छिन् । उनी आफू अझै सिंगल भएको बताउँछिन् । र, विवाहबारे चाहिँ अहिले नसोचेको बताउँछिन् ।

एउटा मिडियालाई उनले यस्तै जवाफ दिएकी छिन् । ‘नातेदारबाट प्रस्ताव आएको थियो,’ उनले भनेकी छिन्, ‘तर, मैले नो भनिदिएँ, अहिले मेरो करिअरमा फोकस गर्ने समय हो ।’





  • प्रकाशित मिति : चैत ३, २०७६ साेमबार १:५०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया