भारतबाट फर्किएकालाई काेराेना आशंका, चितवनमा आइसाेलेसन वार्डमा राखियाे

भारतबाट फर्किएका एक जनालाई कोरोना भाइरस संक्रमणको आशंकामा चितवनस्थित भरतपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । 

उनमा कोरोना भाइरसको जस्तै लक्षण देखिएपछि अस्पतालको आइसोलेसन वार्डमा राखिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए । उनका अनुसार विरामीको नमूना परीक्षणका लागि आइतबार काठमाण्डौं पठाइएको छ । नमूना परिक्षणको रिपोर्ट सोमबार मात्र आउने उनले जानकारी दिए । 

यसअघि चितवनबाट तीन जनाको कोरोना परिक्षणका लागि नमूना काठमाडौं पठाइएको थियो । उनीहरु सबैमा कोरोना नभएको पुष्टि भएको थियो । 

विश्वभर कोरोनाको संक्रमण फैलिएपछि चितवनमा पनि सतर्कता बढाइएको छ । चितवनको भरतपुर अस्पतालले शंकास्पद लक्षण देखिएका व्यक्तिलाई सिधै अस्पतालको कोठा नम्बर २०१ मा लैजाने प्रबन्ध मिलाएको छ । 

अस्पतालमा अहिले आइसोलेसन वार्डमा १९ बेड छ । शंकास्पद लक्षणसहित अस्पताल आउने व्यक्तिहरु अन्य सामान्य व्यक्तिको सम्पर्कमा नपुग्नु भनेर अस्पतालले र्यापिड रेस्पोन्स टिमसहित विशेष सावधानीसमेत अपनाएको छ ।





  • प्रकाशित मिति : चैत ३, २०७६ साेमबार २:१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया