६२ वर्षका अनिल कपुर कसरी देखिन्छन् यस्ताे याेङ ?

बलिउडका चर्चित नायक अनिल कपुर ६२ वर्षका भए । तर, उनको फिटनेश भने गज्जबको छ । शारीरिक फिटनेसमा बलिउडमा उनको प्रशंसा हुने गर्छ । के हो त उनको फिटनेशको रहस्य ?

आफ्नाे नियमित व्यायाम नै फिटनेशको रहस्य रहेको नायक कपुरले बताएका छन् । खानपान पनि उनकाे शरीरका लागि उपयुक्त हुने कुरा मात्र खान्छन् । स्वास्थ्य बर्धक र सादा खाना खाने गरेको उनले बताएका छन् । सन् १९८० को दशमा बलिउडमा स्टार बनेका उनलाई त्यसबेला हिरोहरुमा शरीर बनाउनु पर्छ भन्ने कुराले प्राथमिकता नपाउने गरेको बताए । 

‘आज भोलिका अभिनेता फिटनेशमा बढी सजग छन्,’ उनले भने, ‘यो सकारात्मक कुरा हो ।’ उनले काममा समर्पण, कडा मेहनत र जिन्दगीप्रति उत्साहले आफूलाई जहिल्यै सक्रिय बनाउन मद्दत गरेको उनले बताए । बलिउडमा चार दशक बिताएका कपुर अहिल पनि उत्तिकै सक्रिय छन् । कपुरको ‘मंगल’ र ‘तख्त’ भन्ने दुई फिल्म आउने क्रममा छन् । एजेन्सी





  • प्रकाशित मिति : चैत ३, २०७६ साेमबार २:४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया