प्रचण्डलाई थप्पड हान्ने र जुत्ता हान्ने दुवै प्रहरी हिरासतमा

काठमाडौं– सात वर्षअघि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप्पड हानेर चर्चामा आएका पदम कुँवरलाई प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान थालेको छ । कुँवर शनिबार साँझ बानेश्वरस्थित संसद भवनबाट पक्राउ परेका थिए । 

जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट मुलुकी अपराध संहिताको अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरेर उनीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको हो । 

त्यस्तै, १८ माघमा प्रचण्डलाई नै लक्षित गर्दै राष्ट्रिय सभागृहमा जुत्ता प्रहार गरेका रतन तिरुवा पनि अहिले प्रहरी हिरासतमा नै छन् । उनलाई पनि प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको छ । सभागृहमा नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा रतनले प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार गरेका थिए ।





  • प्रकाशित मिति : चैत ३, २०७६ साेमबार १४:३१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया