बागलुङमा १७८ विद्यार्थीले एसईई दिने, २२ ले नपाउने

चैत ६ देखि सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बाग्लुङका २२ विद्यार्थी सहभागी हुन नपाउने भएका छन् । 

शिक्षा विकास तथा समन्वय इकाइ बाग्लुङका इकाइ प्रमुख कुश्मराज उपाध्यायका अनुसार १२ छात्र र १० छात्राले परीक्षा दिन नपाउने भएका हुन् । 

७० प्रतिशत हाजिरी नपुगेका र विभिन्न कारणले विद्यालय आउन नसकेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएको उपाध्यायले जानकारी दिए । ‘पढ्दा–पढ्दै बीचैमा विद्यालय छोडेका र हाजिर नपुगेका २२ विद्यार्थी यो वर्ष एसइई दिनबाट वञ्चित भएका हुन्,’ प्रमुख उपाध्यायले भने, ‘परीक्षा फर्म भरेर विवाह गरेर जाने तथा रोजगारी र घरायसी कारणले विद्यालय नआउने समस्याका कारण परीक्षा दिन नपाउने भएका हुन् ।’ 

जिल्लामा नियमित र ग्रेड वृद्धि गरी जम्मा पाँच हजार एक सय ७८ विद्यार्थी एसइईमा सहभागी हुनेछन् । 

जिल्लाका एक सय पाँच संस्थागत, ३२ निजी र एक खुला माध्यमिक विद्यालय गरी एक सय ३८ विद्यालयका विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बाग्लुङले जनाएको छ । परीक्षामा छात्रा दुई हजार ६ सय ९२ जना र छात्र दुई हजार चार सय ८६ जना सहभागी हुनेछन् । 

परीक्षामा दुईजना दृष्टिविहीन विद्यार्थीसमेत सहभागी हुँदै छन् । 



एसइई परीक्षाका लागि ३१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।



  • प्रकाशित मिति : चैत ३, २०७६ साेमबार १६:२४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया