काेराेना भाइरस: मनाङमा दुई बेडसहित आइसाेलेसन कक्ष

हिमालपारिको जिल्ला मनाङको सदरमुकाम चामेस्थित मनाङ जिल्ला अस्पतालमा दुई बेड क्षमताको आइसोलेसन कक्ष तयार गरिएको छ ।

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र अलग्गै उपचारका लागि अस्पतालमा दुई बेड क्षमताको आइसोलेसन कक्ष तयार पारिएको हो । कोठा तयार पारिए पनि आवश्यक स्वास्थ्य सामग्री भने नभएको अस्पतालका मेडिकल अधिकृत प्रतीक न्यौपानेले जानकारी दिए ।

‘कोरोना संक्रमित कोही देखिए तत्काल यहाँ ल्याएर परामर्श गछौँ,’ न्यौपानले भने, ‘यहाँ कुनै उपचार हुँदैन, उपचारका लागि भने बाहिर पठाउने हो ।’ जिल्ला विपद् व्यवस्थापन समिति मनाङको सोमबार बसेको बैठकले मनाङ जिल्ला अस्पतालमा दुई बेड क्षमताको आइसोलेसन कक्ष तयार गर्ने निर्णय गरेसँगै आइसोलेसन कक्ष तयार पारिएको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए ।

जिल्ला प्रशासनले कोरोना भाइरस सम्भावित संक्रमण रोकथाम, नियन्त्रण तथा सजगता अपनाउन सबै कार्यालय, संघ–संस्था, स्थानीय तह र नागरिक समाजलाई आग्रह गरेकोसमेत मनाङका प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।





  • प्रकाशित मिति : चैत ४, २०७६ मंगलबार ०:४७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया