पोर्चुगलमा ७४ नेपाली क्‍वारेन्टाइनमा

पोर्चुगलमा ७४ नेपाली कोरोना भाइरसको जाँचका लागि क्‍वारेन्टाइनमा राखिएका छन् । आइतबार पोर्चुगिज प्रहरीहरुले राजधानी लिस्बोनबाट २७७ किलोमिटर टाढा रहेको फारोबाट पक्राउ गरेर क्‍वारेन्टाइनमा राखेको हो । 

आइतबार फारोस्थित खेतीमा काम गरिरहेका एक जना नेपाली बिरामी परेपछि उनीसँगै काम गर्ने साथीले अस्पताल लगेका थिए । चिकित्सकहरुको परीक्षणपछि ती नेपालीलाई कोरोना लागेको निश्चित गरेपछि तिनलाई लिएर जाने नेपालीलाई पनि जाँच गर्नुपर्ने भन्दै अस्पतालको कोठामा केहि बेर पर्खन लगाए । कोरोना लागेका व्यक्तिलाई लिएर आएकाले तिम्रोपनि परीक्षण गर्नुपर्छ' भनेर पर्खाएपछि ती नेपाली अस्पतालबाट भागेका थिए।

त्यसपछि चिकित्सकले आइतबार राति नै अध्यागमन प्रहरीलाई खबर गरेको थियो। अध्यागमन प्रहरीहरुले फारोको खेतीमा काम गर्ने नेपालीहरुको सूची लिएर रातैभरि छापा हानेर उनीहरुलाई पक्राउ गरेर क्वारेन्टाइनमा राखेको थियो।

आइतबार बेलुकी उनीहरुलाई इन्सिनो ब्यासिको २-३ सान्टो आन्तोनिउ फारोको एक स्कुलको क्‍वारेन्टाइनमा राखिएको छ । सबै नेपालीहरु एउटै कम्पनीमार्फत् कृषिमा काम गर्दै आएको स्थानीय सञ्चारमाध्यममा जनाइएको छ।





  • प्रकाशित मिति : चैत ४, २०७६ मंगलबार १:६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया