भारतमा कोभिड १९ भएका बिरामी जाँचेका चिकित्सकलाई पनि संक्रमण

एजेन्सी– भारतको कर्नाटाकामा कोरोना भाइरस संक्रमित एक बिरामीलाई चेकजाँच गरेका चिकित्सकलाई पनि कोरोना भाइरस संक्रमण भएको छ । 

६० वर्षे यी चिकित्सकले जसलाई जाँचेका थिए, उनको मृत्यु भइसकेको छ । गत साता भारतमा उनको मृत्यु भएपछि चिकित्सकलाई पनि कोरोना भाइरस देखिएको हो ।

भारतमा यो कोरोना भाइरसका कारण चौथों मृत्यु हो । तर, भारतीय सरकारी आँकडामा अहिलेसम्म तीन जनाको मात्र मृत्यु भएको भनिएको छ । अन्तर्राष्ट्रिय सन्चारमाध्यमले भारतमा अहिले १२६ भन्दा धेरैमा कोरोना भाइरस संक्रमण भएको बताएका छन् ।

कोरोना संक्रमित यी चिकित्सकलाई अहिले अस्पतालमा सेल्फ आइसोलेसनमा राखिएको छ ।

त्यहाँका अधिकारीले अहिले यो सहर लक्ड डाउन पनि गरेका छन् । त्यहाँ मानिसहरुलाई तरकारी र अन्य खाद्यान्न किन्न मात्र बाहिर जान दिइएको छ । 

यी चिकित्सकले जाँच गरेका बिरामी चाहिँ ७६ वर्षीय वृद्ध थिए जो साउदी अरबबाट फर्किएका थिए । उनी कोरोना भाइरसका कारण मृत्यु हुने पहिलो भारतीय हुन् ।





  • प्रकाशित मिति : चैत ४, २०७६ मंगलबार १३:३४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया