एजेन्सी– इरानमा रहेका २५४ भारतीयमा कोरोना भाइरस संक्रमण रहेको पत्ता लागेको छ । मंगलबार एक अधिकारीले भारतीय मिडियालाई यो जानकारी दिएका छन् ।
तर, भारतीय विदेश मन्त्रालयले यसको जानकारी दिएको छैन ।
यसअघि इरानले आफ्नो देशमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार कटेको जनाएको छ । त्यहाँ ९८८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
चीनपछि इटाली सबैभन्दा बढी कोरोना भाइरसका कारण प्रभावित भएको छ । इरानमा पनि पछिल्लो समय कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।