काठमाडौं– काठमाडौंको तीनथाना सडक किनारामा पार्किङ गरी राखिएको ना३ख ६९४ नम्बरको ट्रकभित्र १७ वर्षीया किशोरी सामूहिक बलात्कारको सिकार भएकी छिन् । सो घटनामा संलग्न तीनैजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बलात्कार लगत्तै घटनास्थल पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई किशोरसहित ३ जना छन् । महानगरीय प्रहरी वृत्त थानकोट प्रमुख डिएसपी घनश्याम श्रेष्ठले किशोरी बलात्कारमा संलग्न ३ जनालाई तत्काल नियन्त्रणमा लिइएको जानकारी दिए ।
यसरी पक्राउ पर्नेमा राप्ती गाउँपालिका–१, दाङका २४ वर्षीय सञ्जय घर्ती मगर, सिन्धुली सुनकोशी गाउँपालिका–९ का १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका–२, रामेछापका १९ वर्षीय कपिल खड्का छन् ।
प्रहरी वृत्त थानकोटले पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान गर्दै कारबाही प्रक्रिया अघि बढाउन लागिएको जनाएके छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।