कपिलको कार्यक्रममा कोरोना ग्रहण

एजेन्सी– कोरोना भाइरसका कारण अहिले विश्वभर समस्या देखिएको छ । प्रत्येक क्षेत्रमा यसले ग्रहण लगाएको छ । अब यही ग्रहण भारतीय कमेडियन कपिल शर्माको कार्यक्रममा पनि देखिन थालिएको छ ।

बलिउडमा अरु कयौँ फिल्महरुको सुटिङ रोकिएको छ । कयौँ फिल्मको रिलिज डेट अहिलेका लागि सारिएको छ । अनि कपिल शर्माले पनि यही खतरानक भाइरसका कारण आफ्नो एपिसोडको सुटिङ क्यान्सिल गरेका छन् । 

बम्बे टाइम्सको एउटा रिपोर्टअनुसार कपिल शर्मा सोको एक एपिसोड १८ मार्चमा सुटिङ गर्ने भनिएको थियो । तर, यो सुटिङ अहिले क्यान्सिल भएको छ । अनि त्यहाँका कलाकार तथा अन्य व्यक्तिहरु अहिले घरमा नै क्वारेन्टाइनमा बसेका छन् ।





  • प्रकाशित मिति : चैत ५, २०७६ बुधबार १४:२१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया