क्रिकेटका ‘भगवान’ सचिनले खेलेको त्यो अन्तिम ओडिआई

१८ मार्च २०१२ को दिन भारतीय क्रिकेटर क्रिकेट प्रशंसकका लागि एउटा विशेष दिन थियो । ८ वर्षअघिको यो दिनमा एशिया कपमा भारत र पाकिस्तानबीच ढाकामा खेल भएको थियो । अनि यही खेल क्रिकेटका मास्टर ब्लास्टर सचिन तेन्दुल्करको करिअरको अन्तिम दिन पनि थियो । स्मरण रहोस्, सचिनले आफ्नो ओडिआई डेब्यू पाकिस्तानविरुद्ध नै खेलेर गरेका थिए । अनि आफ्नो करिअरको अन्त्य पनि उनले पाकिस्तानविरुद्ध खेलेर नै गरे । 

त्यो खेलमा भारतका अर्का ब्याट्सम्यान विराट कोहलीले चाहिँ १८३ रन प्रहार गरेका थिए ।

यो खेलमा त्यति बेला भारतले ३३० रनको लक्ष्य पाएको थियो । महेन्द्र सिंह धोनीको कप्तानीमा सचिनले यो खेलमा ओपनिङ गरेका थिए । खेलमा सचिनले ४८ बलमा ५२ रन प्रहार गरेका थिए ।





  • प्रकाशित मिति : चैत ५, २०७६ बुधबार १४:२६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया