चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने सरकारकाे निर्णय

काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ । समितिले बुधबार साे निर्णय गरेको हो ।

चैत ६ गते हुन लागेको एसइई परीक्षा भने हेल्थ डेस्क स्थापना गरेर सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने निर्णय भएको छ । 

बाल विकास केन्द्र तथा आधारभूत विद्यालय पनि बन्द गर्ने निर्णय गरिएको छ । कक्षा ११ र १२, स्नातक, स्नातकोत्तर लगायत परीक्षा के हुने भन्नेबारे चाहिँ निर्णयमा उल्लेख गरिएको छैन ।

कोभिड १९ नामक कोरोना भाइरसको संक्रमणबाट विश्वव्यापी रुपमा फैलिरहेका वेला सरकारले यो निर्णय गरेको हो ।





  • प्रकाशित मिति : चैत ५, २०७६ बुधबार १७:४०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया