भारतमा एक महिना सबै रेष्टुरेन्ट बन्द हुने

काठमाडौं– भारतको रेस्टुरेन्ट एशोसियसनले एक एडभाइजरी जारी गर्दै आफ्ना सदस्यहरुलाई कम्तिमा पनि एक महिना वा केही दिनका लागि रेस्टुरेन्ट सबै बन्द गर्न अनुरोध गरेको छ ।

रेस्टुरेन्ट एसोसियसनले यो निर्णयले आफूहरुलाई आर्थिक रुपमा घाटा हुने भए पनि आफ्ना कर्मचारी तथा भारतीय नागरिकलाई लाभकारी हुने बताएको छ ।

यो एसोसियसनमा भारतका ५० लाखभन्दा धेरै रेष्टुरेन्टहरु समावेश भएका छन् । 

भारतमा अहिलेसम्म कम्तिमा पनि १ सय ५१ जनामा कोरोना भाइरास संक्रमण देखिइसकेको छ ।





  • प्रकाशित मिति : चैत ५, २०७६ बुधबार २०:२२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया