कोरोना संक्रमित संदिग्ध भेटिएपछि रेलको ट्वाइलेटमा बन्द गरियो

भारतको नयाँ दिल्लीबाट गया गइरहेको महाबोधी एक्सप्रेस रेलमा एक यात्रीलाई ज्वरो आएपछि रेलभर बबाल तहल्का मच्चियो । मानिसहरुले यसलाई नियन्त्रणमा लिन उनलाई ट्वाइलेटमा बन्द गरिदिए । 

अनि रेल प्रशासनलाई यसको सूचना दिए । जब रेल कानपुर पुग्यो तब त्यहाँ चिकित्सकको एक टिम आएर उनलाई जाँच गरे । अनि उनलाई कोरोनाको लक्षण नदेखिएको बताइदिए । 

यी व्यक्ति साउदी अरबबाट फर्किएका थिए । बुधबार नै साउदी अरबबाट फर्किएको उनले बताएपछि र उनलाई ज्वरो पनि आएको थाहा पाएपछि उनलाई ट्वाइलेटमा लगेर थुनिएको थियो ।





  • प्रकाशित मिति : चैत ५, २०७६ बुधबार २०:२७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया