चीनले भन्यो– जापानमा बनेको औषधि कोरोना भाइरसविरुद्ध उपयोगी

एजेन्सी– चीनमा रहेका स्वास्थ्य अधिकारीहरुले जापानमा प्रयोग भइरहेको एउटा औषधि कोरोना भाइरस संक्रमितको उपचारका लागि लाभदायी र प्रभावकारी देखिएको बताएका छन् । 

द गार्जियनमा छापिएको एक रिपोर्टअनुसार झाङ जिनमिनले यसलाई प्रभावकारी भएको बताएका हुन् । झाङ चीनको विज्ञान तथा प्रविधि मन्त्रालयका एक अधिकारी हुन् । उनले फाभिपिराभिर नामको औषधि, जसलाई फुजिफिल्मले बनाएको हो, ले चीनको वुहान र सेन्झेन भन्ने ठाउँमा राम्रो प्रतिफल दिएको पनि बताएका छन् । उनले त्यहाँ ३ सय ४० बिरामीलाई यो परीक्षण गरिएको बताएका छन् ।

‘यो उपचारमा प्रभावकारी देखिएको छ,’ झाङले पत्रकार सम्मेलनमा भनेका छन् । 

यो औषधि दिएपछि त्यहाँका बिरामीहरु चार दिनमा नै ठिक हुन थालेको बताइएको छ । अनि यो औषधि दिएका बिरामीको फोक्सोमा पनि ९१ प्रतिशतले सुधार आएको ती चिनियाँ अधिकारीले बताएका छन् ।

फुजिफिल्म तोयामा केमिकलले यो औषधि सन् २०१४ मा बनाएको हो ।

उता, जापानमा पनि चिकित्सकहरुले यही औषधि प्रयोग गरेर कोरोना भाइरस संक्रमितको उपचार गर्न थालेका छन् । जापानी अधिकारीले चाहिँ कोरोना भाइरस संक्रमणको उच्चतम तहमा पुगेका बिरामीलाई यो ठिक नभएको पनि जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : चैत ५, २०७६ बुधबार २३:४६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया