नेपाली दिवेश अमेरिकी आइडलमा: जजकाे वान्स माेर

काठमाडौँ — अमेरिकन आइडलको अडिसनबाटै निर्णायकको मन जित्न सफल नेपाली गायक दिवेश पोख्रेलले 'हलिउड वीक' राउन्डमा पनि निर्णायकबाट प्रशंसा बटुलेका छन् । यो राउन्डमा प्रतिस्पर्धीले विभिन्न विधाका गीत गाएर आफूलाई अब्बल सावित गर्ने प्रयास गर्छन् । 

स्टेज नाम 'अर्थर गन'ले चिनिने दिवेशले ब्ल्याक क्रोजको 'हार्ड टू ह्याण्डल' बोलको गीतबाट निर्णायकको मन जिते । उनको प्रस्तुतिमा निर्णायक लायोनल रिची, केटी पेरीर लुक ब्रायनले उठेर उनीसँगै नाचे । ब्रायनले त दिवेशलाई गायनमा समेत साथ दिए । निर्णायकदेखि दर्शकसँग आफ्नो प्रस्तुतिमा झुमेको देखेर दिवेश पनि खुशी भए । उनलाई साथ दिन बहिनी रुपा कार्यक्रममा उपस्थित थिइन् ।

निर्णायक रिचीले त दिवेशले आफूलाई 'बब मार्ली'को सम्झना गराएको केटीलाई बताए । उनले केटीले भने, 'थाहा छ दिवेशले मलाई बब मार्लीको सम्झना गराउँछ । उसको स्टेजको उर्जा, ओ माइ गड ।'

कार्यक्रममा दिवेशको प्रवेश नमस्तेसँगै सुरु भएको थियो । यसअघि अडिसनमा नमस्ते गर्दै प्रवेश गरेका दिवेशले नेपाली सँस्कृति नभुलेको भन्दै धेरैले प्रशंसा गरेका थिए । अडिसनमा दिवेशलाई लुकले त आइडलकै स्टार भनेर प्रशंसा गरेका थिए ।

विश्व चर्चित रियालिटी सोमा अथरले देशलाई चिनाएको भन्दै धेरैले उनलाई बधाई दिन थालेका छन् । सन् २०१३ मा अमेरिका पुगेका गायक पोखरेलले यसअघि 'न्यानो घर','मन','समुन्द्र पारी', 'कर्णाली', 'प्रलय ए' र 'प्रलय बी' जस्ता गीत सार्वजनिक गरेका थिए ।





  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार ०:३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया