Mon, 25 May, 2020


च्याउन खानुअघि यी कुरा साेच्नुहाेस्
फरकधार / चैत ५, २०७६

हालै भएको अध्ययनबाट च्याउले डिप्रेसनग्रसित मानिसको उपचारमा विशेष भूमिका हुने तथ्य पत्ता लागेको छ । च्याउमा कैयौँ त्यस्ता तत्व हुन्छन्, जसले डिप्रेसनपीडितलाई राहत प्रदान गर्छ ।



ब्रिटेनको इन्पिरियल कलेजका शोधकर्ताका अनुसार यसमा भएको गुणले डिप्रेसनको दुस्प्रभावबाट बचाउने काम गर्छ । च्याउमा साइलोसाइबिन नामक तत्व हुन्छ, जसले डिप्रेसनको खतरालाई कम गर्न मद्दत गर्छ ।

डिप्रेसनको सिकार भएकाहरूलाई च्याउ खुवाई यसको अनुसन्धान गरिएको थियो । त्यसबाट च्याउमा भएको साइलोसाइबिनले बिरामीको मुड र लक्षणलाई सुधार गर्ने प्रमाणित भएको थियो । त्यस्तै, यसको प्रयोगले डिप्रेसनको सम्भावनालाई पनि कम गर्ने बताइएको छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्